संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं : सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक विवाद कायमै भएपछि संसदबाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायमै छ । यही कारण उक्त विधेयक अगाडी बढ्न नसकेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार