ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने सुनकोसी गाउँपालिकाको निर्णय

ओखलढुंगा : सुनकोसी गाउँपालिकाले ठूलो संख्यामा कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाले १२ वटा पदको दरवन्दी कटौती गर्ने निर्णय गरेको हो । यसरी कटौती हुने दरबन्दीमध्ये सबै भन्दा बढी स्वास्थ्य सेवा समूहतर्फका छन् ।

कार्यालय सहयोगी लगायतको पनि दरबन्दी कटौती भएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए । त्यस्तै,गाउँपालिकाले दरबन्दी कटौतीसँगै यसअघिका सरकारले नियुक्त गरेका करार सेवाका कर्मचारीहरुको समेत म्याद थप नगर्ने निर्णय गरेको छ । दरबन्दी कटौती गर्न सहज होस् भन्ने हेतुले करारको म्याद थप नगर्ने बाटोबाट गाउँपालिका अघि बढेको छ ।

सबै करारका कर्मचारी हट्ने भएपछि गाउँपालिकाले आइतबार सूचना प्रकाशन गरेर नयाँ जनशक्ति माग गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि स्वास्थ्य पाँचौं हेअ ३ जना, स्वास्थ्य चौथो, हेअ र अहेव ८ जना र स्वास्थ्य अनमी र स्टाफर्नस २ पदमा जनशक्ति माग गरेको छ ।

त्यस्तै, ल्याब टेक्निसियन, ल्याब असिस्टेन १ जना, आधारभूत स्वास्थ्य इकाईका लागि हेअ, स्टाफनर्स, अनमी, अहेव ८ जना र स्वास्थ्यमा कार्यालय सहयोगी १३ जना जनशक्ति माग गरेको छ । गाउँपालिका र वडाहरुका लागि १२ जना कार्यालय सहयोगी माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार