अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ : गगन थापा

काडमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने,‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ, यत्रो विषय संसदमा उठ्यो, बाहिर उठ्यो, हो, होइन मलाई थाहा छैन, तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ ।’

उनले स्वइच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले तत्काल पदबाट हटाएर छानबिन गर्नुपर्ने बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका थिए ।

त्यस्तै,केही समय अघि उपभोक्ता हित संरक्षण मञ्चले पनि २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएको थियो । त्यसपछि अर्थ मन्त्रालयले बजेट निर्माण बेलाको सीसीटीभी फुटेज सुरक्षित नरहेको जवाफ दिएको थियो । यसपछि चौतर्फी विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार