सिनपाका २० शिक्षकले लिए शिक्षक प्रशिक्षण तालिम

काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा २० जना कम्प्युटर शिक्षकहरुले तालिम पाएका छन् । नगरपालिका र क्यान महासंघ शाखा ओखलढुंगाको आयोजनामा सञ्चालन भएको ५ दिने शिक्षक प्रशिक्षण तालिम सोमबार सकिएको हो ।

नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यसले समग्र नगरपालिकाका विद्यालयमा कम्प्युटर शिक्षालाई थप प्रभावकारी बनाउने बताए । क्यान महासंघ ओखलढुंगाका अध्यक्ष राजेन्द्र राईले कायक्रममा यस्ता प्रशिक्षण जिल्लाभर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले भने,‘नगरपालिका जस्तै जिल्लाका अन्य पालिकाका विद्यालयहरुमा पनि तालिमको आवश्याकता रहेको मैले महसुस गरेको छ ।’

त्यस्तै,प्रशिक्षार्थी तोया काफ्लेले आगामी दिनहरुमा पनि यस्ता तालिम सञ्चालन गर्दै जानुपर्ने बताए । नगरपालिका प्रमुख तेजेन्द्र खनालले गत बिहीबार उक्त प्रशिक्षण तालिमको उद्घाटन गरेका थिए । तालिममा नगरपालिकाका निम्न माध्यमिक र माध्यमिक तहका कम्प्युटर प्रशिक्षकहरुको सहभागिता थियो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिका उपप्रमुख बस्नेत, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्के, क्यान महासंघ ओखलढुंगाका अध्यक्ष राई, नेपाल पत्रकार महासंघ ओखलढुंगाका उपाध्यक्ष रविन श्रेष्ठ लगायत शिक्षकहरुको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार