नवनियुक्त ३ मन्त्रीले लिए शपथ

काठमाडौं : नवनियुक्त ३ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् ।

अब शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । उनीहरूले आ-आफ्ना मन्त्रालयमा आई पदभार ग्रहण गरिसकेका छन् ।

जनता समाजवादी पार्टीले मन्त्रीहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषदमा पठाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार