शिवालय माविका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका-९ स्थित शिवालय मावि छेर्मादिङका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । समाजसेवी पेम्बा शेर्पा च्यावाले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।

अमेरिकन नागरिक क्यान र रल्फको आर्थिक सहयोगमा शेर्पाले विद्यार्थीहरुलाई विद्यालयको लोगो अंकित सुइटर वितरण गरेको विद्यालयका शिक्षक लाक्पा शेर्पाले जानकारी दिए ।

नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष समेत रहेका शेर्पाले विद्यालयलाई यसअघि पनि पटक-पटक स्टेशनरी लगायतका सामाग्री सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार