स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन तोकेता

ओखलढुंगा : जिल्लाको सुनकोसी र चम्पादेवी गाउँपालिकाले जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन ताकेता गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्देशनअनुसार दुवै गाउँपालिकाले सूचना प्रकाशन गरी जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउनु भनेको हो ।

आफ्नो र आफ्ना परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित सम्पत्ति विवरण बुझाउन पत्राचार गरेको सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए । असार २८ गतेभित्र तोकिएको ढाँचामा उनीहरुले विवरण भरी बुझाउनुपर्ने  उनले जानकारी दिए  ।

त्यस्तै, चम्पादेवी गाउँपालिकाले पनि निर्वाचित जनप्रतिनिधिहरुलाई साउन ६ गतेभित्र सम्पत्ति विवरण बुझाउन ताकेता गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीले जानकारी दिए । निर्वाचित जनप्रतिनिधिहरुले १ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार