मोलुङकाे नयाँवन श्रीचौरमा उद्योग ग्रामको कार्यालय भवनको शिलान्यास

ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नं. ६ मा उद्योग ग्रामको पूर्वाधारको सिलन्यास भएको छ । शनिबार एक औपचारिका कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र गाउपालिकाका अध्यक्ष उत्तम राईले भवनको शिलान्यास गरेका हुन् ।

वडा-६ को नयाँवनमा संघीय सरकारको आर्थिक सहयोग कार्यालय भवन दुई वटा ट्रस ब्लक र शौचालय निर्माण हुने गाउँपालिकाका प्राविधिक कौशल घिमिरेले जानकारी दिए । जटिबुटी प्रसोधन, कास्ठ उधोग र अर्गानिक आलु भण्डारन तथा परिकार उत्पादन गर्ने हेतुले उद्योग ग्राम स्थापना गर्न लागेको हो ।

जिल्लाको सुनकोसी, चम्पादेबी, खिजिदेम्बा र लिखु गाउँपालिकाको सिमानामा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्यको रुपमा चिनिन्छ । उद्योग ग्राम स्थापनासँगै रोजगारको अवसर सिर्जना हुने र पर्यटन प्रबद्र्धनबाट स्थानीयको आर्थिक उत्थानमा समेत सहयोग पुग्ने सांसद सुनुवारको भनाइ छ ।

शिलान्यस कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष मणिराज राई, उपाध्यक्ष उर्मिला खतिवडा, ६ नम्बरका वडा अध्यक्ष कमल तामाङ, वडाध्यक्ष रामकाजी तामाङ, जग्गादाता अमृत कार्की अम्मर र शिव कार्कीकाे उपस्थिति थियाे । द्धछ कार्की दाजुभाईले उद्योग ग्राम स्थापना गर्न ४५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार