काठमाडौं : बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत बैतडीको खोड्पेनजिकै आरुबाटा भन्ने स्थानमा सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका सवारीसाधन बीचबाटोमा अलपत्र परेका छन् ।
राजमार्ग खोल्न सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।