अर्थ मन्त्रालयले भन्यो : बजेट निर्माण बेलाको सीसीटीभी फुटेज मेटियो

काठमाडौं : अर्थ मन्त्रालयले बजेट निर्माण बेलाको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका थिए ।

केही समय अघि उपभोक्ता हित संरक्षण मञ्चले पनि २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दिएको थियो ।

आइतबार अर्थ मन्त्रालयले मञ्चलाई सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने जवाफ मञ्चलाई दिएको हो । ‘सीसीटिभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने छ,’मन्त्रालयको पत्रमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार