जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय भेडा हराए

काठमाडौं : जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । शुक्रबार दिउसो ३ बजेतिर चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् भने ३ सय भेडा हराएका छन् ।

गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीका अनुसार चट्याङले पातारासी गाउँपालिका-४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन् ।

प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदले जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार