नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट उनललाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरिएको छ।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् ।

गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको लगायत आरोप छ । वामदेवले नयाँ पार्टी घोषणा गरेका एक साता पनि पुगेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार