कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बसेको : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् ।

आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा उनले रोपाईंका बेला किसानलाई मल दिन नसक्ने भन्दै मन्त्रीको राजीनामा मागेका हुन् ।

‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको?,यस्तो मन्त्री हुनुको अर्थ छैन,’उनले भने । उनले कृषिमन्त्रीको मुख्य काम नै मल, बीउविजन दिनुपर्ने भन्दै झण्डा हल्लाएर मात्र नहुजे बताए । अहिले देशभर नै मलको अभाव भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार