दोलखा केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं : दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो समय ४ रेक्टर माथिका भूकम्प जाने क्रम बढ्दै गएको छ । असार लागेयता मात्रै ४ रेक्टर माथिका तीन वटा भूकम्प गइसकेको  छ । असार ९ गते एकै दिन कास्की केन्द्र भएर ४ दशमलब ९ र गोरखा केन्द्र भएर ४ दशमलब १ रेक्टरको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार