गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं : सरकारले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार