जयरामघाटको पसलमा छड्के अनुगमन,म्याद गुज्रेका खाद्यवस्तु जफत

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पछिल्लो समय अत्यधिक मात्रामा खाद्यवस्तुमा मूल्यवृद्धि भएपछि बजार अनुगमन थालेको छ । शुक्रबार जिल्ला प्रशासनको संयोजकत्वमा गाउँपालिका,उद्योग वाणिज्य संघ, प्रहरी, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मुल्यवृद्धिसँगै म्याद गुज्रिएका सामाग्री विक्रीवितरण भएको गुनासो आएपछि अनुगमन थालेको हाे ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनक बस्नेतका अनुसार अनुगमन टोलीले मानेभञ्ज्याङ गाउँपालिका-६ जयरामघाटका होटल तथा पसलहरुमा अनुगमन गरेकाे थियो । जयरामबजारका ११ वटा होटल तथा पसलहरुमा अनुगमन गर्दा ५ वटा पसलमा केहि म्याद गुज्रिएको अखाद्य सामग्री फेला पारी जफत गरिएको उनले बताए ।

अनुगमन टोलीले बिस्कुट, कुरमुरे, मम मसला, जिरा लगायत खाद्यवस्तु म्याद गुज्रिएको अवस्थामा बरामद गरेको उनले जानकारी दिए । उनका अनुसार यो अनुगमनलाई अझै तिब्र रुपमा गरिने छ । म्याद गुज्रेको अखाद्य वस्तु,दर्ता बिना चलेका होटल तथा पसल पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने प्रशासकिय अधिकृत बस्नेतको चेतावनी छ ।

यता,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि अहिले भएको खाद्यवस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सचेत रहेको भन्दै सबै जिल्ला र प्रदेशमा निरीक्षण अधिकारी तोकेर बजार अनुगमन गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार