काठमाडौं : निर्वाचन आयोग नेपालले रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ । पार्टीको चुनाव चिह्न आफूहरूले प्रस्ताव गरेको गोलाकारभित्रको घण्टी पाएको अध्यक्ष लामिछानेले जानकारी दिए ।
दल दर्ता भएसँगै आफूहरूको जिम्मेवारी बढेको उनले बताए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज भएकाे आयोगले जनाएकाे छ ।
सञ्चारकर्म छाडेका लामिछानेले असार ७ गते नयाँ पार्टी घोषणा गरेर दल दर्ताका लागि सोही दिन निवेदन दिएका थिए ।