‘म डुब्दै गएँ’ गीत सार्वजनिक

काठमाडौं : गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर रहेको ‘म डुब्दै गएँ’ बोलको गीत सार्वजनिक भएको छ । गीत गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् ।

हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत तथा एरेञ्ज छ भने गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार