जनक शिक्षा सामग्री केन्द्रका प्रमुख झामाथि दुर्व्यवहार

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले शुक्रबार दिउँसो दुई बजे अपरिचित समूहबाट झामाथि दुर्व्यवहार भएको जानकारी दिए ।

दुर्व्यवहार गर्ने उक्त समूहको अहिले प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए । उनले दुर्व्यवहार गरिनुको कारणबारे अहिलेसम्म नखुलेको बताए पनि समयमा जनक शिक्षाले पाठ्यपुस्तक नछापेको भन्दै ती व्यक्तिले झालाई मोसो दलेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार