सीमावर्ती जंगलमा गोलीहानी नेपालीको हत्या, भारतीयले गोली चलाएको आशंका

काठमाडौं : बर्दियाको सीमावर्ती जंगलमा निगुरो टिप्ने गएका एक नेपालीको गोली हानी हत्या भएको छ । बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार गुलरिया नगरपालिका-३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियाको हत्या भएको हो ।

गोली कसले र किन चलायो भन्ने बारेमा खुलिनसकेको उनले जानकारी दिए । उनका अनुसार बिहीबार साँझ निगुरो टिप्न एक्लै जंगल गएका हेमराजले आफूलाई गोली लागेको कुरा परिवारलाई फोन गरेर सुनाएका थिए । लगत्तै परिवारले खोज्न जाँदा खुट्टामा गोली लागेको अवस्थामा परिवारले फेला पारेका थिए ।

उनले भने,‘दाहिने खुट्टाको तिघ्रामा गोली लागेका उनलाई परिवारले घर ल्याएर, एम्बुलेन्समा स्थानीय अस्पताल लगेका थिए, अस्पताल पुर्‍याउँदा राति ११ बजे मृत घोषणा गरिएको रहेछ ।’ घटनास्थल भारतीय वन्यजन्तु आरक्ष भएका कारण भारतीय वनरक्षकले गोडियामाथि गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार