कार्यक्रम आयोजनाको अन्तिम भुक्तानी गर्न सुनकोशीको ताकेता

ओखलढुंगा : सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम आयोजनाहरूको अन्तिम भुक्तानीका लागि असार २० गतेको समयसीमा तोकेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आवश्यक प्रकृया पूरा गरी आयोजनाहरूको अन्तिम भुक्तानी लिन ताकेता गरेको हो ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) बन्द हुनु अगावै कर भुक्तानी, अनुदान फिर्ता, हिसाब मिलान लगायतका काम सम्पन्न गरिसक्नुपर्ने कानुनी बाध्यता रहेकाले सो अवधीमा काम सम्पन्न गरी भुक्तानी लिन भनिएको गाउँपालिकाले जनाएको छ ।

कार्यालयमा अन्तिम भुक्तानीका लागि कागजात पेश नगर्ने कार्यक्रम आयोजना, योजनाहरूको भुक्तानी दिन नसकिने बताइएको छ । आर्थिक ऐन तथा वित्तिय उत्तरदायित्व अनुसार महालेखा परीक्षणको कार्यालयले समेत यस सम्वन्धि सूचना जारी गरी सकेको छ ।

त्यस्तै,कोष तथा लेखा नियन्यक कार्यालयले पनि सूचना प्रकाशन गरेर भुक्तानीको सीमाबारे कार्यालयहरुलाई ताकेता गरेअनुसार नै गाउँपालिकाले पनि सूचना प्रकाशन गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

गाउँपालिकाको सूचनालाई बेवास्ता गरी समयमै काम सम्पन्न गरी कार्यालयमा कागजात पेश नगर्दापर्ने असर र आर्थिक दायित्व स्वयम् उपभोक्ता समिति, ठेकेदार, विद्यालय, सम्बन्धित सरोकारवालाहरूमा समर्पित रहने समेत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार