खिजीदेम्बा गाउँ शिक्षा समितिले पायो पूर्णता,नमुना विद्यालय बनाउन अनुदान दिइने

ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका गाउँ शिक्षा समितिले पूर्णता पाएको छ । स्थानीय तहमा नयाँ नेतृत्व आएसँगै शिक्षा समिति पुनः गठन हुने व्यवस्था छ ।

बुधबार बसेको कार्यापालिका बैठकले शिक्षा समितिलाई पूर्णता दिने निर्णय गरेको हो ।

११ सदस्यीय शिक्षा समितिमा समावेशी, शिक्षा प्रेमी र विज्ञहरुलाई सदस्य चयनमा प्राथमिकता दिइएको जनाइएको छ ।

त्यस्तै, समितिको पूर्ण बैठकले विद्यालयहरुमा जनही १ लाख अनुदान वितरण गर्ने, एक वडा एक नमुना विद्यालय निर्माणका लागि थप अनुदान दिने लगायतको निर्णय गरेको समितिका सदस्य तथा वडा-६ का वडाध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार