श्रमिकको न्यूनतम ज्याला २५ हजार रुपैयाँ तोक्न ट्रेड युनियनको माग

काठमाडौं : नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन् । पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले तत्काल बैठक बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन् ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यका अनुसार श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समितिको बैठक बोलाउने विषयमा मौन छ । २०७६ सालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्नेमा आलटाल गरेर एक वर्षपछि २०७७ मा न्यूनतम पारिश्रमिक १५ हजार रूपैयाँ पुर्‍याइएको थियो।

हरेक २/२ वर्षमा पुनरावलोकन हुनुपर्ने श्रमिकको न्यूनतम ज्याला साउन लाग्न लाग्दा बैठक नै बसेको छैन । अध्यक्ष आचार्यले सत्तामा पुग्न श्रमिकलाई प्रयोग गर्ने राजनीतिक नेतृत्वले श्रमिकका माग सुन्न नचाहेको बताउँदै न्यूनतम ज्याला तोक्ने र सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आलटाल गरिरहे देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार