एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गर्न भीम रावलको माग

काठमाडौं : नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबार काडमाडौंमा आयोजित एक कार्यक्रममा रावलले पत्र पठाए-नपठाएको जनताले थाहा पाउनुपर्ने भन्दै पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ,अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार