गभर्नरले अर्थमन्त्रीलाई भने : अर्थतन्त्रको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउँछ

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका छन् ।

बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउने बताएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार अधिकारी र मन्त्रालयका टिमबीच करिब एक घण्टा छलफल भएको थियो । अर्थमन्त्री शर्मासहित मन्त्रालयका सचिवहरुले मुद्रास्फीति, आर्थिक वृद्धि, लगायतमा बजेटले लिएका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार