महिला हिंसा न्यूनिकरणका लागि ‘सेल्फ डिफेन्स’ तालिम

प्रमिला श्रेष्ठ , विराटनगर : मोरङमा ३ दिने ‘सेल्फ डिफेन्स’ तालिम सम्पन्न भएको छ । मोरङ व्यापार संघको सहयोग तथा प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आयोजित ३ दिने तालिम समापन भएको हो ।

तालिममा प्रदेश नं.१ का १४ वटै जिल्लाका महिला खेलाडीहरु प्रशिक्षार्थीको रुपमा सहभागी थिए । महिला खेलाडीहरुलाई आत्मसुरक्षा र आत्मविश्वास दिलाउन तालिमको आयोजना गरिएको प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिना जङ कार्कीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन प्रदेश नं.१ आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गरेका थिए । सो अवसरमा कार्कीले व्यक्तिले आफ्नो मात्र नभएर तालिम पश्चात् सामाजिक र सार्वजनिक क्षेत्रको सुरक्षामा पनि जोड दिनुपर्ने बताए । पछिल्लो समय महिला हिंसा र बलात्कारका घटना बढिरहेकोले ‘सेल्फ डिफेन्स’ जस्ता कार्यक्रमले महिलाको आत्मसुरक्षामा सहयोग पुग्ने नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबि रणपालले बताए ।

प्रदेश खेल्कुद विकास सदस्य सचिव हंशराज वाग्लेले ३ दिने तालिमबाट प्रशिक्षार्थीहरुले सिकेका कुरा आ(आफ्नो जिल्ला र स्थानीय तह हुँदै वडास्तरमा प्रशिक्षण गराउनुपर्नेमा जोड दिएका थिए । ५१ जना प्रशिक्षार्थी सहभागी उक्त तालिममा अन्तर्राष्ट्रिय खेलाडी सन्जु महर्जन, राधिका ऐर लगायतले प्रशिक्षकको भूमिका निर्वाह गरे । तालिममा ओखलढुंगाबाट विभिन्न क्षेत्रका ३ खेलाडी सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार