प्लटिङले अन्न उत्पादन घट्यो,अनावश्यक जग्गा प्लटिङ गर्नुहुँदैन : ओली

काठमाडौँ : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन् ।

बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले धान बालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्नेमा जोड दिए ।

‘नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको आएको छ,यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी छ,सहकारीका माध्यम अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्छ,’उनले भने ।

उनले धानखेतीलाई नेपालमा बचाउनु पर्ने जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्न उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार