काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा असार २ देखि आज(बुधबार)सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

उनले भनिन,‘ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ,सबैले हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालय आग्रह गर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार