रवि लामिछानेले ‘घण्टी’ चुनाव चिह्न नपाउने,पार्टीको नाम पनि फेर्ने तयारी

काठमाडौं : रवि लामिछानेको पार्टीले ‘घण्टी’ चुनाव चिह्न नपाउने भएको छ ।

सञ्चारकर्म छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेपछि उनले नपाउने निर्वाचन आयोगले जनाएको छ ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए । तर, विवाद आएपछि दलको नाम परिवर्तन गर्ने उनले बताएका छन् ।

आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार आयोगमा दर्ता भएको राष्ट्रवादी पार्टीको चुनाव चिह्न घण्टी छ । त्यसैले कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिह्न अर्को दलले पाउन नसक्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार