प्राकृतिक विपद : वैशाखयता देशभर ८७ जनाले गुमाए ज्यान

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर वैशाख १ गतेदेखि आज (असार १४) गतेसम्ममा विभिन्न घटनामा ८७ जनाले ज्यान गुमाएको जनाएको छ ।

प्राधिकरणले पहिरोबाट १०, बाढीले ३, भीषण वर्षाले १ र चट्याङले ३० जनाको ज्यान गएको जनाएको । त्यस्तै,प्राधिकरणको प्राकृतिक विपद तथ्यांकमा सर्प दंशबाट ४, आगलागीबाट १८, हावाहुरीबाट ८ जनाको मृत्यु भएको उल्लेख छ । जनावर आतंकबाट १२ जनाको मृत्यु भएको प्राधिकरणको जनाएको छ ।

यी घटनामा २ सय १ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् । १ हजार १ सय ३६ परिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार