काठमाडौंका खुल्ला ठाउँमा खानेकुरा बेच्न निषेध

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । नगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै यस्तो कदम चालेको जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामाग्री बिक्री वितरणमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने चेतावनी महानगरपालिकाको छ ।

महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार