बामदेवले घोषणा गरे ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी

काठमाडौं : बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन् ।

गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन् ।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने उनले बताए ।

नेकपा विभाजन पश्चात छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार