जिल्ला रेडक्रस सोसाइटीले सुरु गर्‍यो स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा

काठमाडौं : ओखलढुंगा जिल्लामा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको सहयोगमा बि ग्रेडको एम्बुलेन्स सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो ।

आज सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले उक्त एम्बुलेन्सको उत्घाटन गरेका थिए । जिल्ला रेडक्रस सोसाईटीका जिल्ला सभापती सुमन राजभन्डारीले बिरामीलाई अस्पताल सम्म लैजादाँ आकस्मीक तथा अन्य प्राथमिक सेवा दिनुपरेमा यो एम्बुलेन्सले बाटैबाट उक्त सेवा प्रदान गर्ने बताए ।

उनका अनुसार २४ सै घन्टा सञ्चालन हुने एम्बुलेन्समा चालक सहित एकजना स्वास्थ्यकर्मीको समेत ब्यवस्था गरिएको छ । नगरप्रमुख खनालले एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै अब नागरिकको जिउधनको रक्षा हुने विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार