विवादपछि सरकारले अमेरिकालाई पठायो एसपिपीमा सहभागी नहुने पत्र

काठमाडौं : सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णय पठाएको जानकारी दिए ।

‘एसपिपीको सम्बन्धमा सरकार गम्भिर छ,सरकारले एसपिपी अगाडि नबढाउने निर्णय गरेको थियो, अमेरिकी सेना र नेपाली सेनाबीच सहयोग आदानप्रदानको बिषयमा सम्झौता हुन्छ की भन्ने चर्चा चलेको थियो, तर सरकारले निर्णय गरेर परराष्ट्र मन्त्रालयमार्फत एसपिपीमा सहभागी नहुने पत्र पठाइसकेका छौँ,’ सोमबार राष्ट्रिय सभाको बैठकमा उनले भने ।

यसअघि संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपीमा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन सरकारलाई निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार