शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी

काठमाडौं : सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार भएको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उनीहरुलाई परिचयपत्र दिने जानकारी दिए ।

उनले भने,‘उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइरहेको छ,उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ ।’

त्यस्तै,उनले नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको पनि बताए । ‘मान्छेहरु दुनियाँका जुनसुकै कुनामा जन्मिएको भए पनि उनीहरु मानव हुन्, नागरिकहरु नै हुन्, उनीहरुको पनि मानव अधिकार रहेको छ,’उनले भने ।

उनले नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरुका सन्तानहरु नेपालमै जन्मिएका र हुर्किएकाले उनीहरुप्रति सरकार र नेपाली समाजको दायित्व रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार