घुस काण्डमा मुछिएका अदालतका न्यायाधीश कोइराला निलम्बनमा

काठमाडौं : घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको  टेलिफोन संवाद बाहिर सार्वजनिक भएपछि घटनाको सत्य तथ्य छानबिनका लागि न्याय परिषद्ले समिति गठन गरेको थियो । छानबिन समितिको गठनसम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला निलम्बनमा परेका हुन् ।

परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिलाई जाँचबुझ शुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार