अपन राधेमाई फाइनल प्रवेश

काठमाडौं : अपन राधेमाई युथ क्लब यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा राधेमाईले आइतबार घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो भने राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाएका थिए ।

जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार