प्रधानमन्त्री देउवाले गरे मन्त्रिमण्डल हेरफेर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । आइतबार प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गरेका हुन् ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

आइतबार साझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको हो । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आजै(आइतबार)नयाँ मन्त्रीको शपथ नभए प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार