आजै मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्री देउवाविरुद्ध गम्भीर कदम चाल्छौँ : खनाल

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आजै नयाँ मन्त्रीको शपथ नभए प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध गम्भीर कदम चाल्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले बोल्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिएका हुन् । सम्मानित नेता खनालले अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार