प्रचण्डका कारण नेकपा फुटेको हो : वामदेव गौतम

काठमाडौं : राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्डका कारण फुटेको आरोप लगाएका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै उनले प्रचण्डले राजनीतिक प्रतिवेदनमा लेखिएका आरोप फिर्ता नलिँदा नेकपा विभाजन गरेको बताए ।

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन तयार भइसक्दा पनि प्रचण्डले आरोप फिर्ता नलिँदा पार्टी फुटेको उनको भनाइ छ ।

उनले भने,‘ओलीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री छोड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभएको थियो,ममाथि लगाइएका संघीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो, प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो,मैले मान्नुस्, फिर्ता लिनु भने तर मान्नुभएन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार