सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले आज(शनिबार) बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएकोमा केही समयमै मृत्यु जानकारी दिए । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार