टोखा नगरपालिकाले चाकुको ब्रान्डिङ गर्ने

काठमाडौं : टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत गरेको छ । टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११ औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागत रुपमा निरन्तरता दिने बताए ।

टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । टोखाको चाकुलाई ब्रान्डिङ गरिने बताइएको छ ।

यस्तै, नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाइफाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार