डिजेलमा प्रतिलिटर २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाइयो

काठमाडौं : पेट्रोलियम पदार्थ मूल्यवृद्धिको चर्को आलोचनापछि सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका छन् ।

उनले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए । आज राती १२ बजेदेखि लागुहुने गरि अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्ने उनले जानकारी दिए ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार