यो पटक छुटेका ठाउँमा अर्को वर्ष बजेटको व्यवस्था हुन्छ : अध्यक्ष शेर्पा

काठमाडौं : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले अवको दुई वर्षभित्र सबै टोलमा साना तथा ठूला सवारीसाधन गुड्ने बाटो बनाउने बताएका छन् । शुक्रबार फेसबुक लाइभमा आउँदै उनले आवमा छुटेका थप विकासका योजनाहरुका लागि अर्को वर्ष बजेट विनियोजन गर्ने बताएका छन् ।

उनले राम्रो काम गर्ने उपभोक्ता समितिलाई अर्वाड दिने व्यवस्था समेत गर्ने बताए । उनले भने,‘विकासका काम गर्दा कुनै भ्रष्टचार हुँदैन,भए उजुरी गर्नबाट म पछि लाग्ने छैन,विकासमा नाता हेरिदैन,समान रुपले विकास हुन्छ,दुई वर्षपछि ग्यारेन्टी गछौँ,गाउँ टोलमा साना ठूला गाडी पुग्ने काम हुन्छ ।’

त्यस्तै,उनले चार वर्षभित्रमा गाउँपालिकाका सडक कालोपत्रे हुने बताए । ‘यस पटक चित्तबुझ्दो बजेट नहुन सक्छ,राज्यले पठाएको बजेटकै आधारमा छुट्याएका हौँ,अर्को वर्ष नपुगेको ठाउँमा बजेट  छुट्छ,’ उनले भने ।

गाउँपालिकाभित्रको सबै जातजातिको भाषा,धर्मको संरक्षण गर्नै बताउँदै उनले अवको ३ वर्षमा सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन जाेड्ने पनि जानकारी दिए । ‘हामीले पर्यटन विकास,शिक्षा,स्वास्थ्य सबैलाई समेटेको छौँ,थप केही भए तपाईहरुकै सल्लाह-सुझावको आधारमा विकास गर्दै जाने छौँ,’उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार