ओखलढुंगाका ६५ जना जेष्ठ नागरिकहरुलालाई तनाव व्यवस्थापन तालिम प्रदान

काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ का ६५ जना जेष्ठ नागरिकहरुलाई तनाव व्यवस्थापनको तालिम दिइएको छ । जिल्ला आयुर्वेद शाखाको सहकार्य र सिएमसि नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूमा आउने तनाव र व्यवस्थापनबारे प्रशिक्षण दिइएको हो ।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता तामाङले प्रशिक्षणसँगै स्वास्थ्य जाँच पनि गरिएको जानकारी दिइन्। नगरपालिकाको महिला तथा बालबालिका शाखा अन्तर्गत स्थापना भएको वडा-११ को ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रमा प्रशिक्षण दिइएको थियो ।

जेष्ठ नागरिकहरुको प्रेसर, सुगर जाँच, तौल नाप तथा अन्य स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण पनि गरिएको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तामाङले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रममा सहभागि जेष्ठ नागरिकहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिँदै जानुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार