सिद्धिचरण नगरपालिकाको बजेट ८१ करोड ६ लाख भन्दा बढी

काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको दशौँ नगरसभामा नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले आर्थिक वर्षको ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रपैयाँ बजेट सार्वजनिक गरेको हो ।

नगरप्रमुख तेजन खनाल (तजेन्द्र)ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने,‘हामी सबैको चाहना, समृद्ध सिद्धिचरणको लागि दिगो योजना’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम तयार पारेका छौँ,नगरले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, कृषि, सुशासन र समानतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएका हौँ ।’

नगरपालिकाले सबैभन्दा धेरै सामाजिक विकासको क्षेत्रमा ५५.९२ प्रतिशत अर्थात ४५ करोड ३३ लाख ७६ हजार १ सय २० रुपैया विनियोजन गरेको छ । नगरपालिकाका उपमेयर बस्नेतले सुशासन तथा संस्थागत विकास तर्फ १६.५४ प्रतिशत अर्थात १३ करोड ४० लाख ८१ हजार ८ सय ६०, आर्थिक विकासमा १०.९२ अर्थात ११ करोड २८ लाख बजेट विनियाेजन गरिएकाे जानकारी दिए।

त्यस्तै,उनले  पूर्वाधार विकास तर्फ १३.१६ प्रतिशत अर्थात १० करोड ६६ लाख १८ हजार ८ सय ८० र वन, वातावारण तथा विपद् व्यवस्थापनमा ०.४६ प्रतिशत अर्थात ३७ लाख ५० हजार विनियोजन गरेको जानकारी दिए । अघिल्ला आर्थिक वर्ष भन्दा यो आवमा ७.७८ प्रतिशतले बजेट वृद्धि भएको उनले बताए । प्रस्तावित बजेट माथिको छलफलको लागि शनिबार ११ बजे फेरि नगरसभाको बैठक बस्ने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार