बिमितलाई सेवा प्रवाह नरोक्न स्वास्थ्य संस्थालाई बीमा बोर्डको आग्रह

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । बिहिबार विज्ञप्ति जारी गरि बोर्डले बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको हो ।

बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलालले बिमितहरूको स्वास्थ्य परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको भन्दै परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्न लागिपरेको बताए । उनले आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने पनि जानकारी दिए । केही अस्पतालले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने आशंकामा धमाधम सूचना जारी गर्दै सेवा स्थगित गरेका छन् ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा प्रतिपरिवारले ३५ सय तिरेर एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा लागू भएको ६ वर्षको अवधिमा देशभरका ७४६ स्थानीय तहका ५६ लाख ३९ हजार नागरिक यो कार्यक्रममा आबद्ध भएका छन् ।

चार सय ५० वटा सेवाप्रदायक स्वास्थ्य संस्थाहरूबाट दैनिक २५ देखि ३० हजारको संख्यामा भुक्तानी दाबी भइरहेको बोर्डले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार