काठमाडौंमा फोहोरको समस्या झनै विकराल बन्दै गयो : शहरी विकामन्त्री झाँक्री

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पछिल्लो समय काठमाडौं शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहिबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको उनले बताइन् । फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै उनले यसलाई बेलैमा व्यवस्थापन गर्नुपर्ने देखिएको बताइन् ।

उनले भनिन्, ‘शहरमा आइसकेपछि शहरका समस्या झनै विकराल छन्,शहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबीको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो समस्या छ ।’ फोहोर बञ्चरे डाँडामा लगेर फालिने तर,पहिला त्यहाँको सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढाइने उनले बताइन् । विभिन्न अवरोधका कारण उपत्यकाका सडकमा थुप्रिएको फोहोर अझै सबै उठ्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार