थप ४९ जनामा कोरोना संक्रमण पुष्टि,१२ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो २४ घन्टामा दुई हजार चार सय ९४ जनामा कोरोना परीक्षण गर्दा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १ सय ६३ जना सक्रिय संक्रमित रहेको छन भने संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार