अर्थमन्त्री शर्माको राजीनामा माग्दै पूर्वका उद्योगीहरु आन्दोलित

काठमाडौं : पूर्वका उद्योगी, व्यवसायी र मजदुरहरु बजेटमार्फत परिवर्तन गरिएका करमा संशोधन र अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै बिहीबारदेखि सडक आन्दोलनमा उत्रिएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ड) प्रदेश १, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) प्रदेश १ र समाजवादी ट्रेड युनियन प्रदेश १ ले औद्योगिक क्षेत्र गोकुवा चोकदेखि निमुवासम्म प्रदर्शन गरेका हुन् ।

अर्थमन्त्री शर्माले नीतिगत भ्रष्टाचार गरेर सीमित उद्योगलाई संरक्षण गर्दै जिआई वायर, वनस्पती घीउ, तेल र सेनिटरी प्याड उद्योगलाई बन्द गर्न बाध्य तुल्याउन करमा परिवर्तन गरेको उनीहरुको आरोप छ ।

‘अर्थमन्त्री राजीनामा देउ,झुटो अर्थमन्त्री चाहिँदैनु,नीतिगत भ्रष्टाचार बन्द गरु, सीमित उद्योगलाई पोस्न पाइँदैन, राज्यको डलर लुटाउन पाइँदैन’ लगायत नारा लगाउँदै उनीहरु विरोधमा उत्रिए । कोणसभामा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अर्थमन्त्रीको नीतिगत भ्रष्टाचारले सीमित उद्योगलाई संरक्षण गरेर अन्य उद्योग बन्द गर्न बाध्य बनाएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार